काठमाडौं / नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण सम्पन्न गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजत समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्। प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन्। शपथग्रहण समारोहका उपराष्ट्रपति, [...]