काठमाडौं, ७ साउन / ७५ वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्र राय यादवको हत्या भएको छ । गएराति आफ्नै निवासमा राज्यमन्त्री राययादवको हत्या भएको हो । सर्लाही जिल्लाको चन्द्रपुर गाउँपालिका–१ स्थित आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी पूर्व भूमिव्यवस्था राज्मन्त्री रायको हत्या गरिएको सर्लाही प्रहरीले जनाएको छ । [...]