मलेखुमा सुनचाँदी पसल सञ्चालकद्वारा दुई जनामाथि एसिड प्रहार
तातो खबर
२०८० आश्विन ३
हेटौंडा – धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा भद्रकाली सुनचाँदी पसलका सञ्चालक प्रविण विकले दुई जनामाथि एसिड प्रहार गरेका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ रातमाटा बस्ने १८ बर्षीय दिपेश क्षेत्रि र सोही गाउँपालिकाको कात्राक बस्ने ६३ बर्षीय डम्बर बहादुर पुलामीमाथि प्रविणले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ [...]