राष्ट्रपति पौडेलले भूकम्प पीडितलाई १ महिनाको तलब दिने
तातो खबर
२०८० कार्तिक २२
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडित तथा प्रभावित क्षेत्रका जनताका लागि प्रधानमन्त्री प्रकोप उद्वार कोषमा १ महिनाको तलब बराबरको रकम दिने भएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रपतिले कोषमा रकम जम्मा गर्ने स्वकीय सचिवालयले जनाएको छ । [...]