— बालगोविन्द राजभण्डारी बुझिस् साईला ! प्रजातन्त्र नआई म मर्दै मर्दिन त्यो साईला र मेरो बीचको कुरा थियो मैले भनेको थिएँ उसलाई, ‘बुझिस् साईला, प्रजातन्त्र नआई म मर्दै मर्दिन प्रजातन्त्र नआए यो भर्याङ चढ्दै चढ्दिन र प्रजातन्त्र नआए कतै झर्दा पनि झर्दिन’ चढिन पनि, झरिन [...]