मङ्सिर १०, बुटवल । बुटवलमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनी प्रदुषणका साथै ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले बताए । [...]