बागमती प्रदेशमा साढे १३ लाख भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदै
तातो खबर
२०८० फाल्गुन १५
हेटौंडा–बागमती प्रदेशमा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको साताव्यापी खोप अभियान भाेलिदेखि सुरु हुँदैछ । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतबाट एक हप्ताको अवधिमा करिब साढे १३ लाख भेडाबाख्रामा खोप लगाउने योजना बनाइएको छ । मन्त्रालयअन्तर्गतको जिल्ला पशु सेवा कार्यालयमार्फत २० वटा भन्दा बढी भेडाबाख्रा पाल्ने [...]