काठमाडौं / उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम बुधबारसम्म नै चल्ने भन्दै महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी ‘रेड अलर्ट’ जारी गरेको छ। [...]