तातोखबर, काठमाडौँ / सुरक्षित कारोबार पहिलो संशोधन विधेयक-२०८० सम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले पारित गरेको छ। दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो। विधेयक अब राष्ट्रियसभामा पेश गरिने छ । बैठकमा अर्थमन्त्री वर्षमान पुन सहभागी थिए। [...]