मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघको दिप प्रज्वलन, राखियो राष्ट्रिय झण्डा
तातो खबर
२०८० आश्विन ३
हेटौंडा – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले हेटौंडामा दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको आयोजना गरेको छ । नेविसंघको केन्द्रिय कार्यसमितिबाट परिपत्र भए अनुसार नवौं संविधान दिवसमा बुधबार हेटौंडा-२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको गेट अगाडी दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम गरिएको हो [...]