काठमाडौँ, तातोखबर / चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलका प्रतिनिधिमार्फत बुधबार साँझ २ करोड ७४ लाख ७५ हजार रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको हो । [...]