तातोखबर, पर्सा / वीरगञ्ज महानगरपालिका-८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट प्रहरीले करिब १२ किलो २४० ग्राम लागुऔषध चरेशसहित २ जना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले भारतको विमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजासमेत २ जनालाई चरेशसहित शुक्रवार दिउँसो पक्राउ गरेको हो । [...]