ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु, दुईजना घाइते
तातो खबर
२०८१ जेष्ठ ३२
तातोखबर, ताप्लेजुङ / जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ [...]