एमाले बाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी, ६ बजेदेखि मतदान
तातो खबर
२०८० आश्विन ११
काठमाण्डौ – नेकपा (एमाले) को प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा चलिरहेको निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो । [...]