मकवानपुर, २६ भदौ / माइती नेपालले निर्माण र सञ्चालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मङ्गलबार मकवानपुरको गढीगाउँपालिका ५ सानोसुकौरामा शिलान्यास गरिएको छ । माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा निर्माण गर्न लागेको कृषि फार्म तथा तालिम भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले [...]