काठमाडौं, ४ असोज / १७ बुँदे माग राखी नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले बिहीबार पनि आन्दोलन जारी राखेका छन् । माइतीघर मण्डलमा भेला भएर उनीहरु पैदल नयाँ बानेश्वर आइपुगेका छन् । सडकमा बाक्लो संख्यामा शिक्षकहरु उत्रिँदा बानेश्वर-माइतीघर सडकको सवारी आवागमन पूर्णरुपमा अवरोध भएको छ । [...]