काठमाडौं / सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समिति गठन गरि संयोजक तोकेको हो। बैठकले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई महत्त्वपूर्ण समितिको संयोजकको जिम्मेवारी दिएको छ। राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री [...]