समलिङ्गी, तेस्रोलिंगीले स्थानीय वडा कार्यालयबाटै विवाह दर्ता गर्न पाउने
तातो खबर
२०८१ बैशाख १३
काठमाडौँ / सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय पञ्जीकाधिकारीहरुलाई परिपत्र जारी गरेको छ। उपप्रधान तथा गृहमन्त्री स्तरबाट निर्णय भएकोले छुट्टै दर्ता किताबमा विवाहको अस्थायी अभिलेख राखी प्रमाणपत्र जारी गर्न सबै स्थानीय पञ्जीकाधिकारीहरुलाई अनुरोध गरिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले [...]