हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१२ पदमपोखरी बस्ने ३४ बर्षीय रबि कुमार तामाङ रहेका छन् । प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसोको समयमा १ ग्राम [...]