निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिने : प्रधानमन्त्री ओली
तातो खबर
२०८१ श्रावण २
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीति लिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने बताए। [...]