१३ भदौ, काठमाडौं । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानलाई सुरुमा नेपाली बलरहरुले दबाबमा राखेका थिए । २१ रन बनाउँदा [...]