बैतडी, २९ असोज / मनसुन बाहिरिदै गर्दा असोजको अन्त्यसँगै आएको असिना पानीले बैतडीका विभिन्न वस्तिहरुका बालीनालीमा ठूलो क्षति पुगेको छ । वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको हो । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा [...]