काठमाडौँ, ७ कात्तिक / राष्ट्रपति रामचन्द्र पौडेलले आज विजया दशमीको दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ । राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री [...]