तातोखबर, काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्माणाधीन धरहरामा निःशुल्क पार्किङ शुरु गरेपछि निर्माण कम्पनीले क्षतिपूर्ति माग गरेको छ। पार्किङले काममा बाधा पुगेको भन्दै निर्माण कम्पनीले क्षतिपूर्तिको लागि शहरी विकास मन्त्रालयमा पत्राचार गरी क्षतिपूर्ति मागेको मन्त्रालयले जनाएको हाे। महानगरपालिकाले पुसमा धरहरा पुनर्निर्माणमा खटिएका कामदारहरू [...]