मकवानपुर – ग्यास व्यवसायी संघ मकवानपुर अध्यक्षमा केशव मुडवरी चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको ११ औं साधारणसभा तथा ५ औं जिल्ला भेलाबाट मुडवरीको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा नवीन लामा, सचिवमा मदनकुमार न्यौपाने, कोषाध्यक्षमा कृष्णबहादुर [...]