काठमाडौं – प्रहरीले अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सप्तरी र झापा जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेटसहित सोही नगरपालिका–९ बस्ने ५० [...]