बालिकालाई बलात्कार गरेको आरोपमा कीर्तिपुरबाट युवक पक्राउ



काठमाडौं । काठमाडौं कीर्तिपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मकवानपुर कैलाश गाउँपालिका १० घर भएका र हाल कीर्तिपुर नगरपालिका ५ पाँगा लाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। प्रजाले बालिकालाई ललाइफकाइ आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेका थिए।

त्यहाँ लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पाएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा