हेटौँडा अस्पतालमा २५ शैयाको मनोचिकित्सा वार्ड सञ्चालन हुने
हेटौंडा संवाददाता
२०८० आश्विन २३
हेटौँडा – हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि २५ शैयाको वेड सहित उपचार हुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौंडा अस्पतालमा मंगलबार २५ शैयाको मनोचिकित्सा वार्ड सहित ओपीडि सेवा सुरुवात हुने जनाएको छ । [...]