ताताेखबर, काठमाडौं / चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न नहुने बताएका छन्। सिंहदरबारमा सोमबार बिहान बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उपकुलपति बस्नेतले २०६३ सालमा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आंगिक अस्पताल बनाइएको बताए [...]