हुम्ला । हुम्लामा तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर बेपत्ता भएका एक पुरुष सोमबार मृत अवस्थामा भेटिएका छन् । जिल्लाको सर्केगार्ड गाउँपालिका–२ ल्याप्चेस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएका मुगु सोरु गाउँपालिका–५ नेर घर भएका ३८ वर्षीय मकर सिंह नेपाली मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । [...]