काठमाडौं / काठमाडौंको कोटेश्वरमा आइतबार ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा घाइते भएका छन् । प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्री घाइते भएका हुन् । कोटेश्वरबाट बालकुमारी जाने क्रममा बसले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले [...]