साझा यातायातको ५६ करोड मूल्यका बिजुली बसहरु पार्किङमा थन्किन पुगेको छ
तातो खबर
२०७९ माघ २४
काठमाडौं । चार्जिङ स्टेसनको समस्या भएपछि साझा यातायातले ल्याएका ३७ वटा बिजुली बस थन्किन पुगेको छ । गत कात्तिकमा चीनको नानजिङबाट नेपाल ल्याईएको करिब ५६ करोड मूल्यका बिजुली बसहरु अहिले बिभिन्न ठाउँमा पार्किङमा थन्किएका छन् । अढाइ महिनाअघि देखि नै आयातकर्ता कम्पनीले साझालाई बसहरु बुझेर [...]