प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी तथा महोत्सव सम्पन्न

तातोखबर 2019-06-18 06:20:45 आर्थिक

    धनकुट्टा २ असार/ ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।
    कार्यशाला गोष्ठी तथा महोत्सव नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समितिको आयोजना र नाम्जेथुम्की सामुदायिक होमस्टेको व्यवस्थापनमा सञ्चालन गरिएको हो । जेठ ३२ गते भव्य उद्घाटन गरी भोलीपल्ट असार १ गते बृहत्त कार्याशाला गोष्ठी तथा अन्तरकृया कार्यक्रम गरेर होमस्टे कार्यशाला गोष्ठी तथा महोत्सव सम्पन्न गरिएको थियो । उद्घाटन समारोह तारागाउँ विकास समितिका अध्यक्ष एवं कार्यकारी अधिकृत नारदकुमार लुईटेलको सभापतित्व र संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको प्रमूख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।


    उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री ढकालले होमस्टे सञ्चालन अभियानले देशभर आर्थिक समृद्धिको सम्भावना बढाउने दावी गरे । होमस्टे स्थापना र सञ्चालन प्रकृयालाई व्यवस्थित गर्न यसको एउटा बेग्लै कानूनको आवश्यकता रहेकोमा होमस्टेकर्मीहरुलाई आस्वस्थ पार्दै कानून मन्त्री ढकालले भने ‘होमस्टे सञ्चालन प्रकृयालाई सहज बनाउन यसमा रहेका समस्या पहिल्याएर समाधान गरिनेछ । होमस्टे सञ्चालन अभियानमा रहनु भएका होमस्टेकर्मीहरुको सुझाव र अभ्यासको अधारमा त्यस्तो कानून निर्माण गर्न संघीय सरकारले आवश्यक पहल गर्नेछ ।’   
    त्यसैगरी उद्घाटन समारोहका विशेष अतिथि संघीय संसदका सदस्य विशाल  भट्टराईले नेपालमा आर्थिक र सांस्कृतिक समृद्धि ल्याउन होमस्टे अभियान एउटा महत्वपूर्ण औजार रहेको ठोकुवा गर्दै होमस्टेकर्मीहरुले सहि समयमा सही अभियानको थालनी गरेको बताए । त्यस्तै कार्यक्रमका अर्का विशेष अतिथि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले होमस्टे अभियानलाई सही दिशा निर्देश गर्दै होमस्टे कर्मीहरुलाई प्रोत्साहन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले खेलेको भूमिका खुलेर प्रशंसा गरे ।
    उद्घाटन समारोहका विशेष अतिथिका रुपमा सहभागी रहेका प्रदेश १ सांसद निरन राई, बीनादेवी राई र तत्कालीन् संविधान सभा सदस्य ऋषिकेश पोखरेलले पनि पर्यटन क्षेत्रका विकासका विषयमा आ–आप्mनो मन्तव्य ब्यक्त गरेका थिए । त्यसैगरी सो उद्घाटन समारोहका अतिथिका रुपमा धनकुट्टा नगरपालिकाका मेयर चिन्त तामाङ, धरान नगरपालिकाका कार्यबहाक अध्यक्ष मञ्जु भण्डारी सुवेदी, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डका पूर्व प्रमूख कार्यकारी प्रमूख प्रचण्डमान श्रेष्ठ रहेका थिए ।
    साँघुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याख्या, नेपाल ट्रेकिङ्ग एजेन्सी एसोसियशन (टान) का पूर्व अध्यक्ष चन्द्र रिजाल, पशुपति क्षेत्र विकास कोषका बरिष्ठ सदस्य धु्रब सुवेदी, होमस्टे एसोसियशन नेपालका पूर्व अध्यक्ष एवं चिसापानी क्षेत्र पर्यटन प्रबद्र्धन एवं विकास क्षेत्रका अध्यक्ष भीमबहादुर केसी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं होटल एसोसियशन नेपालका पूर्व सदस्य घनेन्द्रबहादुर श्रेष्ठका साथै होमस्टे एसोसियशन नेपालका अध्यक्ष केशब बडाललगायत अन्य थुपै्र स्थानीय गन्यमान्य ब्यक्तिहरु उक्त उद्घाटन समारोहका अतिथिका रुपमा सहभागी रहेका थिए ।    
    सो समारोहमा प्रमूख अतिथि कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले तारागाउँ विकास समितिद्वारा प्रकाशित ‘होमस्टे डाईरेक्री २०७५’ र ‘लम्जुङ घलेगाउँ कार्यशाला गोष्ठी तथा महोत्सव–२०७५’ नामक पुस्तक विमोचन गरेका थिए । त्यसैगरी प्रमूख अतिथि मन्त्री ढकालले तारागाउँ विकास समितिले हरेक वर्ष प्रदान गर्दै आएको १ लाख १ हजार रुपैया राशीको उत्कृष्ट होमस्टे पुरस्कार यस वर्ष पिप्रहर होमस्टेलाई प्रदान गरे । पुरस्कार पिप्रहर होमस्टेका अध्यक्ष झनक महतोले ग्रहण गडरेका थिए । कार्यक्रममा नाम्जेथुम्की सामुदायिक होमस्टेका अध्यक्षका अनिल कुमार रानामगरले स्वागत मन्तव्य दिएका थिए । नाम्जेथुम्कीमा रहेको ग्रामीण जनता उच्च माध्यमिक विद्यालयको प्राङगणमा सञ्चालित उद्घाटन समारोहको सहजीकरण होमस्टे एसोसियशन प्रदेश नम्बर १ का अध्यक्ष विनोद गुरुङले गरेका थिए ।
    कार्यक्रममा स्थानीय सांस्कृतिक कर्मीहरुद्वारा त्यहाँको प्रचलित सांस्कृतिक झाँकीहरुका साथै बाजागाजासहित विभिन्न गीत तथा नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रम स्थलमा प्रदेश नं. १ मा सञ्चालनरत विभिन्न होमस्टेहरुले आप्mनो स्थानीय पहिचान झल्कने उत्पादनहरु विक्री स्टल सञ्चालन गर्नुका साथै सूचना सामाग्रीहरु वितरण गरेका थिए ।


    त्यसैगरी कार्यक्रमको दोश्रो दिन कार्यशाला गोष्ठी तथा अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन गर्ने क्रममा होमस्टे एसोसियन नेपालको प्रदेश नं. १ को कार्यालयको समेत उद्घाटन गरिएको थियो । उक्त कार्यालयको उद्घाटन गर्दै मन्त्री घिमिरेले पर्यटन विकासमा केन्द्रित रहेर आप्mनो महत्वपूर्ण मन्तव्य ब्यक्त गरेका थिए । होमस्टे एसोसियशन नेपाल प्रदेश नं. १ अध्यक्ष विनोद गुरुङले सहजीकरण गरेको उक्त कार्यशाला गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डका पूर्व प्रमूख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले होमस्टे सञ्चालनको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
    महानिर्देशक डुण्डुराज घिमिरेको कार्यपत्र माथी होमस्टे एसोसियशन नेपालका अध्यक्ष केशब बडालले प्रतिकृया दिएका थिए भने नेपाल पर्यटन बोर्डका पूर्व प्रमूख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमाथी पूर्व पर्यटन मन्त्री कृपाशुर शेपाले प्रतिकृया दिएका थिए । उक्त श्रेष्ठको कार्यपत्र प्रस्तुतिकका लागि चिसापानी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष एवं होसानका पूर्व अध्यक्ष भीमबहादुुर केसीले अध्यक्षता गरेका थिए । कार्यक्रममा विभिन्न होमस्टेहरुलाई कदरपत्र तथा प्रमाणपत्रहरु प्रदान गरिएको थियो भने उक्त कार्यशाला गोष्ठीमा झण्डै १ सय होमस्टे सञ्चालकहरुको सहभागिता रहेको थियो ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook