कावासोती २२ चैत्र । नवलपुरको सदरमुकाम कावासोतीमा जिवन जिउने कला सम्बन्धी गानेष्ठी तथा प्रवचन कार्यक्रम हुने भएको छ । भारतको राजस्थानका प्रख्यात उत्प्रेरक प्रवचन कर्ता बाबा श्........." />
 

कावासोतीमा जिवन जिउने कला सम्बन्धि प्रवचन हुने

सदिक्षा गैरे 2019-04-06 12:47:22 सामाजिक

कावासोती २२ चैत्र । नवलपुरको सदरमुकाम कावासोतीमा जिवन जिउने कला सम्बन्धी गानेष्ठी तथा प्रवचन कार्यक्रम हुने भएको छ । भारतको राजस्थानका प्रख्यात उत्प्रेरक प्रवचन कर्ता बाबा श्री प्रमुख वक्ता रहने सो कार्यक्रम कावासोतीका युवा अभियन्ताहरुले आयोजन गर्न लागेका हुन् । यहि चैंत्र २४ गतेदेखि ३दिन सम्म चल्ने सो कार्यक्रममा जिवन जिउने कला , जिवनको रहस्य , खुशी रहने कला , ध्यान योगा लगायतका बिषयमा प्रशिक्षण समेत हुने आयोजक किरण भुर्तेलले जानकारी दिनुभयो । यसका साथैं अन्य बिषयमा पनि उत्प्रेरणमुलक प्रवचन हुजने भुर्तेलले बताउनुभयो । नवलपुरका वासिन्दाका लागि यो सुर्वण अबसर भएकाले यसमा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook