नवलपरासीमा नेपाल विद्यार्थी संघको २२ सदस्यीय कार्य समिति गठन

— सहबान अन्सारी 2018-04-06 07:46:41 शैक्षिक

    नवलपरासी  (बर्दघाट सुस्ता पश्चिम) नेपाल विध्यार्थी संघको नयाँ कार्य समिति गठन गरिएको छ । संघीय संरचना अनुसार नवलपरासी दुई जिल्लामा  बिभाजन पश्चात नवलपरासी पश्चिमको नेतृत्व खाली हुन पुगेको अवस्थालाई मध्येनजर गर्दै ने.वि.सं.का केन्द्रिय अध्यक्ष मौनसिहं मगरले    फाल्गुन १० गते संघका केन्द्रिय उपाध्यक्ष पवन यादवलाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाएर उक्त समिति गठन गर्न निर्देशन दिएका थिए ।
    ने.वि.सं.का सदस्यहरुको भेला, नेपाली काग्रेस पार्टी र ने.वि.सं.सँग समन्वय गरी गठन गर्न जिम्मेवारी दिइएअनुसार चैत ८ गतेको पत्रका आधारमा राजन भण्डारीलाई तदर्थ समिति.अध्यक्षको  जिम्मेवारी दिदै   समिति गठन गरेर नयाँ नेतृत्वका लागि ईकाईहरु, क्षेत्र, गाउँपालिका, नगरपालिकाको अधिवेशन गरी  जिल्ला अधिवेशन  सम्पन्न गराउने  प्रमुख उदेश्यका साथ २२ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
    संघका अनुसार अध्यक्ष राजन भण्डारी, उपाध्यक्ष जयराम बस्याल, उपाध्यक्ष अनोज यादव, उपाध्यक्ष हेम क्षेत्री, सचिव कमला राना, सचिव दिपेन्द्र यादव सह–सचिव प्रकाश न्यौपाने, कोषाध्यक्ष सन्देश बस्याल, सदस्यहरु केदार चौधरी, जीवन न्यौपाने, मनोज कँडेल, मनिष अधिकारी, सिद्धान्त  श्रेष्ठ, श्रृजना श्रेष्ठ, नीशा केसी, उमेश यादव, सरिता न्यौपाने, बेचई यादव, सागर बि.क., जितेन्द्र गुप्ता, खुमराज भण्डारी, फरेन्द्र चौधरी रहेका छन् । ने.वि.सं.ले यहि चैत मसान्त सम्ममा क्षेत्रिय ईकाई र क्याम्पस अधिबेशन सम्पन्न गर्न  संघका उपाध्यक्ष अनोज यादवले बताए ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook