पेट्रोल पम्प व्यवसायीको कालोबजारी, यी हुन् ठुलो परिमाणमा पेट्रोल लुकाउने पम्प

तातोखबर 2018-09-21 14:02:44 राजनीतिक
काठमाण्डौं आश्विन ५  /पेट्रोलियम पदार्थ ढुवानीकर्ताले ढुवानी ठप्प पार्दा पेट्रोलियम पदार्थको चरम अभाव सिर्जना भएको छ । पेट्रोल पम्पहरुमा लामो लाइन छ भने, ढुवानी ठप्प रहेको छ ।

 

सरकारले पेट्रोलियम पदार्थको अभाव मेटाउन वितरणमा कोटा निर्धारण गरेको छ । तर, पेट्रोल पम्प व्यवसायीहरुले भने कालोबजारी सुरु गरेका छन् ।

 

काठमाडौंको सामाखुसीमा रहेको एक पेट्रोल पम्प व्यवसायीले २४ सय लिटर पेट्रोल लुकाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागको संयुक्त अनुमगन टोलीले भेटाएको हो ।

 

शुक्रबार सामाखुसीको आकाशजोगिनी इन्टरप्राइजेजको २४ सय लिटर पेट्रोल लुकाएको पाइएपछि विभागको अनुमगन टोलीले जफत गरेर सर्वसाधारणलाई वितरण गरेको जनाइएको छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook