शूरु भयो भिडन्त, काश्मीरमा मेजरसहित ६ जनाको मृत्यु !

तातोखबर 2018-09-10 13:28:05 विदेश

दिल्ली । भारत प्रशासित काश्मीरको बान्दीपोरा जिल्लामा सोमबार राति अबेर सेना र चरमपन्थीबीच भिडन्त भएको छ । भिडन्तबाट एक सैनिक अधिकृतसहित तीन जना जवानको मृत्यु भएको छ । भिडन्तमा दुई जना चरमपन्थी पनि मारिएको बताइएको छ । भारतीय सेनाले सम्भावित ठूलो दुर्घटना गराउने उद्देश्यले घुसपैठको प्रयास गर्ने चरमपन्थीको योजना विफल पारिदिएको दावी गरेको छ 

श्रीनगर सेनाका प्रवक्ता कर्नल राजेश कालियाले बताए अनुसार, ‘गुरेन्ज सेक्टरमा घुसपैठको कोशिश गर्ने चरमपन्थीको एउटा प्रयासलाई विफल तुल्याएको तर सो क्रममा एक सैन्य अधिकृतसहित चार जना जवानकोे मृत्यु भएको छ । कारबाहीमा परि दुई जना चरमपन्थीको मृत्यु भएको छ ।’ मृत्यु हुनेमा भारतीय सेनाका मेजरको पहिचान भएको छ । मेजर केपी राणेको मृत्यु भएको छ । त्यसैगरी मृत्यु हुने अन्य सबैको पहिचान भएको छ । जसमा हवलदार जमी सिंह, हवलदार विक्रम जीत र राइफलम्यान मनदीप रहेका छन् ।

भारतीय सेनाका अनुसार सोमबार राती गुरेन्ज सेक्टरको बख्तौर क्षेत्रको नियन्त्रित रेखामा पार गरि घुसपैठ गर्ने प्रयास गरेको एक समूहलाई देखेपछि दुईतर्फबाट गोलीबारी शुरू भएको थियो । मृत्यु भएका सबै जवान राष्ट्रिय राइफल्स ३६ हुन ।

बादीपोराका डिप्टी कमिशनर शहीद इकबाल चौधरीले ट्विटर हैंडलमा लेखेका छन्, ‘गुरेजमा युद्धविरामको उल्लंघन।’ श्रीनगरबाट करीब १७० किलोमीटर टाढा गुरेन्जघाटी पाकिस्तान सीमासँग जोडिएको क्षेत्र हो । americanepal.info/

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook