विश्वका शक्तिशाली महिलाको लिस्टमा टेलर स्विफ्ट देखि रिहानासम्म

विश्व चर्चित फोब्र्स म्यागजिनले सन् २०२४ का सबैभन्दा शक्तिशाली महिलाको लिस्ट सार्वजनिक गरेको छ।
लिस्टमा मनोरञ्जन क्षेत्रबाट पपस्टार टेलर स्विफ्ट पनि परेकी छन्।
सो सूचीको २३औं स्थानमा परेकी स्विफ्ट केही समय अघि मात्र १ दशमलब ६ बिलियन डलर सम्पत्तिसहित सेल्फ मेड कान्छी अर्बपति घोषित भएकी थिइन्। त्यसैगरी उनको इरास टुरले गत साता नै २ बिलियन डलर कमाइसहित सर्वाधिक कमाउने पहिलो अभियान कन्सर्टको इतिहास रचेको थियो।
सूचीको ३३औं स्थानमा भने मनोरञ्जन क्षेत्रबाट ७० वर्षिया ओफ्रा विन्फ्रे छिन्। मनोरञ्जन क्षेत्रकै प्रतिनिधित्व गर्दै ४३ वर्षिया पपस्टार बियोन्से नोएल्स शक्तिशाली महिलाको ३५औं स्थानमा रहेकी छन् भने वाल्ट डिज्नेकी सहअध्यक्ष डाना वाल्डेन सूचीको ३७औं स्थानमा, नेट्फिलक्सकी प्रमुख कन्टेन्ट अफिसर बेला बाजारिया ६२औं अमेजन र एमजीएम स्टुडियो प्रमुख जेनिफर सालके ६५औं र पपस्टार रिहाना ७६औं स्थानमा रहेकी छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु