भुटानी राजा नेपालमा , स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने

bhutan_king

काठमाडौं / भुटानी राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक शुक्रबार नेपाल आउँदैछन्। भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ट्रान्जिट पर्ने भएकाले उनले धार्मिक स्थानको भ्रमण गर्न लागेका हुन्। स्रोतका अनुसार बिहान पौने १० बजेतिर नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

तीन-चार-घण्टा नेपालमा रहँदा राजा जिग्मेले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ। ​उनी त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्। त्यसपछि उनी बौद्धनाथ जानेछन्।

Advertisement:bhutan_king

यो भ्रमण राजनीतिकभन्दा पनि ‘धार्मिक र नितान्त व्यक्तिगत’ भएको बताइएको छ। त्यसैले नेपालमा रहँदा कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ।

दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ। भुटानी राजा नेपाल आउने भएपछि बुधबारदेखि नै विमानस्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

गत असोजमा घटस्थापनाका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका केही सदस्यहरूसहित भुटानको भ्रमण गरेका थिए। भ्रमणका लागि भुटानका राजा जिग्मेले नै पूर्वराजपरिवारलाई थिम्पु भ्रमणको निम्तो दिएका थिए।

प्रतिक्रिया दिनुहोस् :