दाङमा धमाधम व्यवसाय बन्द हुँदै, चार महिनामा २६३ उद्योग ठप्प

gharelu-dang_karyalaya

काठमाडौं / चालु आर्थिक वर्षको चार महिनामा दाङमा २६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा १०९ उद्योग र १५४ वटा व्यावसायिक फर्म छन्। घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेलका अनुसार जिल्लामा बन्द हुनेमा धेरै वाणिज्यतर्फका व्यवसाय छन्।

Advertisement:gharelu-dang_karyalaya

घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन्।

जिल्लामा चालु आर्थिक वर्षको चार महिनामा ३५० भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्म ३६६ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। (रासस)

प्रतिक्रिया दिनुहोस् :