सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुल्ला

काठमाडौँ / सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आजबाट आवेदन खुल्ला गरेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयानुसार आज राति ९ः४५ बजेबाट डीभीका लागि आवेदन दिन सकिनेछ।
आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्नेछन्। डीभीको म्याद आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म रहने दूतावासले जनाएको छ। डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ।
आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न दूतावासले आग्रह गरेको छ। आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ।
उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ। एकजना व्यक्तिले डीभीका लागि एउटा मात्र आवेदन दिन पाउनेछन्। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्। डीभीका लागि फारम अनलाइन भर्नुपर्नेछ।
फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ। अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यो वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ। यो वर्ष डिभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन। दूतावासले डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेशन नम्बरलाई सुरक्षित राख्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस