लगातारको वर्षाका कारण आन्तरिकतर्फको हवाई सेवा ठप्प

काठमाडौं / लगातारको वर्षाका कारण आन्तरिकतर्फको हवाई सेवा ठप्प बनेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणले वर्षा नरोकिएसम्मका लागि उडान स्थगित गरेको हो । प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गर्ने भनिएकोमा आज निरन्तर वर्षा भइरहेपछि उडान पनि ठप्प रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
शुक्रबारका लागि तय भएका १५० आन्तरिकमध्ये ३९ वटा मात्र उडान भएका थिए । आज कुनै पनि आन्तरिक उडान हुन सकेको छैन भने अन्तर्राष्ट्रिय उडान र अवतरण जारी रहेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस