आज राष्ट्रिय क्यान्सर सर्तकता दिवस
काठमाडौं / आज राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाइँदैछ। दिवसको अवसरमा देशैभर क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिँदैछ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिन पारेर दिवस मनाउन थालिएको हो । यहि अवसरमा क्यान्सर अस्पतालले आज रजत महोत्सवको आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चितवनस्थित अस्पतालमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
चीन सरकारको सहयोगमा २०५६ सालमा स्थापना भएको यो अस्पतालको औपचारिक उद्घाटन २०५७ असोज १० गते भएको थियो। देशभित्रका क्यान्सरका बिरामीको ठूलो हिस्साले यही चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा लिइरहेको छ। अहिले क्यान्सर अस्पतालले सुर्खेतको प्रादेशिक अस्पताल, पोराको स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको सेती प्रादेशिक अस्पतालबाट पनि सेवा विस्तार गरेको छ।
नेपालमा मुख्यतया फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन, पेट र पित्तथैलीको क्यान्सरका बिरामी धेरै रहेका छन् । पुरुष फोक्सो र पेटको तथा महिला पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय