सुशासनको कुरा गर्ने प्रधानमन्त्री ओली क्याबिनेटका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेनन्
काठमाडौं / संसदका दुई ठूला दलको गठबन्धनले बनेको सरकारको आयु दुई महिनाभन्दा बढी भएको छ।
गत साउन १७ गते मध्यरातमा सुशासन, संविधान संशोधनलगायतका मुद्दासहित कांग्रेस-एमालेले सहमति गर्दै नयाँ सरकार गठन भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले साउन ३१ मा शपथ ग्रहण गरेको थियो। तर, सुशासनको नारा बोकेर चौथोपटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री ओलीले अझै आफ्नो क्याबिनेटमा भएका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।
ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७४ सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको थियो। तर, यसपटक त्यसतर्फ उनले कुनै चासो नै देखाएका छैनन्।
यद्यपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार सबैले सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गरिसकेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागले हेर्न मिल्नेगरी मन्त्रीहरूबाट विवरण पेश भइसकेको उनले बताए।
तर, सम्पत्ति सार्वजनिक गर्ने वा नगर्ने विषय मन्त्रिपरिषद्को अधिकार क्षेत्रभित्र पर्ने उनको भनाइ छ।
जानकारहरूका अनुसार मन्त्रिपरिषदले निर्णय नगरे पनि प्रधानमन्त्री र मन्त्री हुनुभन्दा अघि र बिदा भएपछिको सम्पत्ति सार्वजनिक गर्नु स्वयंको पनि दायित्व हो।
सरकारले २०७५ असार २० गते प्रकाशित गरेको राजपत्रअनुसार प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाउoliनुपर्छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय