मुख्यसचिवमा चौथो वरियताका एकनारायण अर्याल नियुक्त

eknarayan-aryal-mukhya-sachib

काठमाडौँ / बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ।

वरीयतामा चौथो नम्बरमा रहेका गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त भएका हुन्।

Advertisement:eknarayan-aryal-mukhya-sachib

मुख्य सचिव लीलादेवी गड्तौला शुक्रवारदेखि अवकाशमा जान लागेकाले सरकारले आज मुख्यसचिव नियुक्त गरेको हो।

सबैभन्दा वरिष्ठ सचिव योजना आयोगका तोयनारायण ज्ञवाली थिए। दोस्रो नम्बरमा खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए।

प्रतिक्रिया दिनुहोस् :