अहिलेको सरकारले भात र रोटी खान्छ : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने बताएका छन्।
नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रहरीका सामून्य प्रतिवद्धता जनाएका हुन्।
उनले सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरुका घर घर नधाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए। उनले काठमाडौं प्रहरी परिसर अत्याधुनिक भवनमा सरेकोमा उनले धन्यवाद दिँदै सेवा पनि गुणस्तरीय दिन निर्देशन दिए। कर्तव्य पालनका लागि उनले निष्पक्ष र दबाब रहित गर्न आग्रह गरे।
फरक प्रसंगमा ओलीले आफू हनुमान ढोकामा महिनौं बसेरको र त्यहाँको उडुससँग पनि परिचित रहेको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस