साफ यू–२० : सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं / साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ। प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ। नेपालले समुह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।
भुटान भने समुह बी मा उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो। भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो।
दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भिड्ने छन्। यीदुईबीचको खेल सोमबार हुने छ। प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस