मकवानपुर सहकारी अस्पतालमा प्रशासनको लापरवाहीका कारण १३ महिने बालकको मृत्यु
हेटौंडा / हेटौंडा – १ भिन्तुना पथमा रहेको मकवानपुर सहकारी अस्पताल व्यवस्थापनको लापरवाहीका कारण १३ महिने बालकको मृत्यु भएको छ।
डाक्टरले बिरामीलाई केही बेरमै आउँछु भनेर निकै बेर कुराएकाले यसमा अस्पताल प्रशासन र डाक्टर दुबैको गल्ती भएको आफन्तले दाबी गरेका छन्।
आज दिउँसो करिब १२ बजेको समयमा उक्त घटना भएको हो।
घटनापछि अस्पतालको सुरक्षाका लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
बालकको आफन्तले पोष्टमार्टम नगर्ने भनेपछि शव आफन्तलाई बुझाइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय