बेनीको जङ्गलमा मानव कङ्काल भेटियो
म्याग्दी / बेनी नगरपालिका-९ आङ्खखेत कालिमूलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ। शव गाडिएको ठाउँ नजिकै सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने बताए। ‘घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्री सोमबार नै परीक्षणका लागि पठाउँछौँ’, उनले भने, ‘अनुुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौँ। कङ्काल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणको खोजीमा केन्द्रित भएका छौँ।’
कङ्काल २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका-९ घतानकी १९ वर्षीय मीना परियारको भएको अनुमाना गरिएको छ। घटनास्थलमा पुुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन्। मीनाको हत्यापछि जङ्गलमा शव गाडिएको हुनसक्ने आफन्तको भनाइ छ ।
मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवकलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बेपत्ता मीना, कङ्काल, सामग्री र थुनामा रहेका युुवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै