आज अन्तर्राष्ट्रिय युवा दिवस, दुईदिने युवा समिटको आयोजना

काठमाडौं / आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा बिहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी निकालिएको छ ।
दरबारमार्गस्थित एक होटलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको संयोजकत्वमा गठित मूल समारोह समितिले विषेश कार्यक्रमको आयोजना गर्दैछ। राष्ट्रिपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहान साढे ९ बजे मूल समारोह शुरु हुने राष्ट्रिय युवा परिषदका प्रशसकीय प्रमुख दिनेश घिमिरेले जानकारी दिए।
मूल समारोहपछि आजैदेखि दुईदिने युवा समिट पनि आयोजना हुँदैछ। समिटमा देशभरबाट छानिएर आएका २० वर्ष मुनिका १५० जना युवाको सहभागीता रहनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस